|
||||||
बाबुराम आउ देश बचाउ (बाबु राम भट्टराई लाई प्रधानमन्त्री बनाउ अभियान)11th May, 2010बाबुराम भट्टराई लाई किन प्रधानमन्त्री बनाउने ?
गोर्खको खोप्लाङ्ग जस्तो विगट ठाँउबाट सन १९७० मा एक जना गाँउले केटाले एस.एल.सि. मा बोर्डफस्ट ल्याउन सफल भएको ।
अमृत साईन्स कलेजको बिज्ञान विषयको प्रविनता प्रमाण पत्र तहको दुबै राष्ट्रिय परिक्षामा लगातार प्रथम हुने सम्भवतः पहिलो ब्यक्ति भएकोले । बाहुन क्षेत्री भएर पनि हिसिला यामीसंंग अन्तरजातिय विबाह गरि जातभात जस्तो रुढिबढि परम्परा कुरा गर्ने हरुको लागी सही उदाहरण पेस गरेकोले । १२ बुंदे सम्झौताको लागी बाबु राम भट्टराईको महत्वपुर्ण भुमिका भएकोले । नेपाली जनताले २०६२÷६३ को जनआन्दोलको मुख्य योजनाकार पनि बाबु राम भट्टराई लाई नै मान्निछ । बृहत शान्ति सम्झौताका मुख्य वार्ताकार भएकोले । ईतिहासको पहिलो सविंधानसभाको चुनावमा गोर्खाको २ नम्बर निर्वाचन क्षेत्रबाट देशकै सवै भन्द बढि ८२%मत ल्याएर विजय हुन सफल भएकोले । ९ महिने माओवादी सरकारको कार्यकलमा इतिहासमा नै सवै भन्दा बढि राजस्व सकंलन गर्न सफल प्रथम भएको अर्थमन्त्री भएकोले । सविंधान सभामा गयाल भएको दिनहरुको भत्ता भिर्ता गर्ने एक मात्र सभासद भएकोले । भष्टचारमा कतै नाम नाम नमुछिएको ब्यक्ति भएकोले । कहिल्यै राजनितीको बारेमा नबोल्ने नायक राजेश हमालले समेत बाबु राम भट्टराई ज्यू तपाई आगाडि आएर देशलाई समाहल्नुस हामी तपाई तपाई लाई साथ दिन तयार भनेर भनेको एक मात्र व्यक्ति भएकोले । देश विदेशमा समेत राम्रो पहिचान र आन्तराष्ट्रिय समुदायले पनि विस्वास गर्ने ब्यक्ति भएकोले । अदभुत बौद्धिक क्षमता भएको ब्यक्ति भएकोले । बाँकी तपाई हरुले थप्दै जानुहोस । BIOGRAPHY OF बाबु राम भट्टराईबाबुराम भट्टराई गोर्खा जिल्लाको बेलबास, खोप्लाङ गाविसमा निम्न-मध्यमवर्गीय किसान परिवारमा बाबु भोजप्रसाद भट्टराई र आमा धर्मकुमारी भट्टराईको कोखबाट जुन १८, १९५४ मा जन्मिनुभएका बाबुराम भट्टराई अहिले संघीय गणतन्त्र नेपालका पहिलो अर्थमन्त्री बन्नुभएको थियो । । उहाँ बाबुआमाका दोस्रा सन्तान हुनुहुन्छ । उहाँका एक दिदी, एक भाई र एक बहिनी छन् ।
उहाँले औपचारिक शिक्षा सन् १९६३ मा अमर ज्योति हाइस्कुलबाट शुरु गर्नुभयो । लुईंटेल गाउँमा रहेको यो स्कुल जान बेलबास गाउँबाट दुई घन्टा हिँड्नुपर्छ । यो विद्यालय युनाइटेड मिसन टु नेपाल संस्थाले खोलेको थियो । बाबुराम शुरुमा नै तीन कक्षामा भर्ना हुनुभयो । भर्ना भएदेखि नै उहाँ पढाइमा तीक्ष्ण देखिनुभयो । स्कुले जीवनभर उहाँ सधै प्रथम मात्रै हुनुभयो । कसैले सपनामा सोच्न गाह्रो भए पनि उहाँ सन् १९७० मा एसएलसीमा बोर्डफस्ट हुनुभयो र एकजना गाउँले केटो बोर्डफस्ट भएको कारणले उहाँ पत्रपत्रिकामा छाउनुभयो । गाउँको स्कुलबाट पढेर यत्रो सफलता हासिल गर्नेमा उहाँ नै पहिलो व्यक्ति हुनुभयो । त्यसपछि उहाँले अमृत साइन्स कलेज, काठमाडौंमा विज्ञान विषय पढ्न थाल्नुभयो । त्यहाँ प्रविणता प्रमाणपत्र तहमा पनि उहाँ प्रथम नै बन्नुभयो । सो तहका दुवै राष्ट्रिय परीक्षामा लगातार प्रथम हुने अहिलेसम्मकै उहाँ नै सम्भवतः एकमात्र विद्यार्थी हुनुहुन्छ ।
सन् १९७७ मा कोलम्बो प्लान अन्तर्गत भारतको चण्डीगढबाट उहाँले आर्किटेक्चर विषयमा स्नातक गर्नुभयो । चण्ढीगढको पन्जाव विश्वविद्यालयको पुस्तकालयमा उहाँ ठूलठूला वैज्ञानिक र महान् दार्शनिकहरुका किताब पढेर घन्टौं बिताउनुहुन्थ्यो । त्यही पुस्तकालयमा उहाँले पहिलोपटक कान्ट, मार्क्स र चे ग्वेभारा लगायत अन्यका रचना पढ्ने मौका पाउनुभयो । सन् १९७९ मा 'टाउन एण्ड कन्ट्री प्लानिङ'मा थप अध्ययन गर्न उहाँ नयाँ दिल्ली जानु भयो । त्यहाँको 'स्कुल अफ प्लानिङ एण्ड आर्किटेक्चर'बाट उहाँले 'सहरी र क्षेत्रीय योजना'मा स्नातकोत्तर (मास्टर्स) गर्नुभयो । यहीं उहाँको हिसिला यमिसंग भेट भयो, जो राजनीतिक व्यक्तित्व धर्मरत्न यमिकी छोरी हुनुहुन्छ । हिसिला यमि र बाबुराम भट्टराईको बीचमा बिहे भएपछि सन् १९८६ मा हिसिलाबाट छोरी मानुषीको जन्म भयो, जो हाल २२ वर्षकी भइन् । त्यही वर्ष बाबुराम भट्टराईले क्षेत्रीय विकास योजनामा जवाहरलाल नेहरु विश्वविद्यालयबाट पिएचडी हासिल गर्नुभयो . नेपालको इतिहासमा नै पहिलोपटक २००८ अप्रिलमा भएको संविधानसभाको चुनावमा नेपाली जनताले उहाँलाई फेरि पनि 'सधै प्रथम' पात्र बनाए । गोर्खाको २ नम्बर निर्वाचन क्षेत्रबाट देशकै सबैभन्दा बढी ८२ प्रतिशत मत ल्याएर वहाँ विजयी हुनुभयो भने त्यहाँबाट उहाँले नेपालमा विजेता सभासद्मध्ये सबैभन्दा धेरै मत प्राप्त गर्नुभयो । उहाँले आफ्ना प्रतिस्पर्धीलाई सबैभन्दा ठूलो मत अन्तरले पराजित गर्नुभयो । बाबुराम भट्टराईले कुल ४६ हजार २ सय ७२ मत प्राप्त गर्नुभयो भने उहाँका प्रतिस्पर्धीले ६ हजार १ सय ४३ मत प्राप्त गरे । नेकपा माओवादीका अध्यक्ष प्रचण्डको नेतृत्व गठित नेपाल सरकारमा उहाँले अगस्ट २२, २००८ (भाद्र ६, २०६५) देखि नौ महिनासम्म अर्थमन्त्रीको कार्यभार सम्हाल्नुभएको थियो । नेपाली तथा अग्रेजीमा प्रकाशित उहाँका पुस्तकको सूची यसप्रकार छः
|
|
|||||